भारतको आन्ध्र प्रदेशमा भेटियो १५ गुणा बढी खतरानक कोरोनाभाइरस स्ट्रेन

कोरोनाभाइरसको दोस्रो लहरका कारण अहिले भारत आतंकित बनेको छ । यहीबीच भारतबाट अर्को अत्यासलाग्दो समाचार आएको छ । 

भारतीय मिडिया दैनिकभास्करमा छापिएको समाचारअनुसार भारतमा फेरि नयाँ स्ट्रेन भेटिएको छ । यसलाई एपी स्ट्रेन नाम दिइएको छ । यो भारतको आन्ध्र प्रदेशमा भेटिएको नयाँ कोरोनाभाइरस हो । यसलाई त्यहाँको सेन्टर फर सेल्यूलर एन्ड मलिक्युलर बायोलोजीले एन४४०के नाम दिएको छ ।

कोरोनाको यो स्ट्रेन यसअघिको कोरोनाभन्दा १५ गुणा ज्यादा खतरनाक भएको बातइएको छ । 

अहिलेसम्म दक्षिण भारतमा मात्र पाँच विभिन्न प्रकारका कोरोना भेरियन्ट भेटिएका छन् ।





  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार ५:२१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया