कारागार पठाउनुपर्ने ५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा रहेका ५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिरासत कक्षमा रहेका कारागार पठाउनुपर्ने ७ जनामध्ये ५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

उनले भने, ‘कारागार पठाउनुपर्ने बन्दी मध्येका ७ जनाको स्वाब संकलन गरी प्रादेशिक ल्याबमा गरिएको पिसिआर परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।’ संक्रमितहरु २२ देखि ४० वर्ष उमेर समूहको रहेको उनले बताए ।
 
संक्रमित कैदीबन्दीका लागि जिल्ला प्रहरी कार्यालयभित्रै अलग आइसोलेसन कक्षको व्यवस्था गरिएको एसपी रानाभाटले जानकारी दिए ।





  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १९:१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया