नेपाल सुपर लिग अन्तर्गत बिहीबारको पहिलो खेलमा ललितपुर सिटी एफसी विजयी भएको छ ।
उसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवल लुम्बिनी एफसीमाथि १-० को कठिन जित हात पारेको हो ।
खेलको पाँचौँ मिनेटमा नुर्लान जाहिदले गरेको एक मात्र गोल ललितपुरलाई ३ अंक दिलाउन पर्याप्त बन्यो ।
कमल श्रेष्ठको कर्नरमा डिबक्सभित्र निरज बस्नेतको बाइसाइकल किकमा कप्तान अञ्जन विष्टले हेडमर्फत उपलब्ध गराएको बललाई नुर्लानले गोलमा परिणत गरेका हुन् ।
पहिलो जित निकालेको ललितपुर ५ खेलबाट ६ अंक जोड्दै चोथो स्थानमा उक्लिँदा बुटवल समान खेलबाट ५ अंक जोड्दै पाँचौँ स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।