कोरोना पीडितको मद्दतका लागि विराट र अनुष्काले दिए २ करोड

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उनी पत्नी अभिनेत्री अनुष्का शर्माले कोरोना पीडितका लागि सहयोग जुटाउन सुरु गरेका छन् ।

उनीहरुले क्राउड फन्डिङ प्लेटफर्म केटो मार्फत् सहयोग रकम संकलन गर्ने अभियान सुरु गरेका हुन् । यसका लागि विराट र अनुष्काले २ करोड भारतीय रुपैयाँ सहयोग गरेका छन् । 

यो अभियानबाट कम्तीमा पनि ७ करोड भारतीय रुपैयाँ उठाउने उनीहरुको लक्ष्य छ । 

‘क्रिकेटर विराट कोहली र बलिउड सुपरस्टार अनुष्का शर्माले भारतका कोरोना पीडितका लागि ७ करोड भारतीय रुपैयाँ संकलन गर्ने लक्ष्य राखेका छन्’ विराटले इन्टाग्राममा पोस्ट गरेका छन् । ‘हामीले क्राउड फन्डिङ प्लेटफर्म केटो मार्फत् यो अभियान सुरु गरेका छौं र यसका लागि २ करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गर्दछौँ ।’

यो अभियान ७ दिनसम्म चल्ने र यसबाट उठेको रकम अस्पतालमा अक्सिजन तथा चिकित्सासँग सम्बन्धित विभिन्न सेवा उपलब्ध गराउन कार्यरत संस्था एसिटी ग्रान्ट्सलाई दान गरिने विराट र अनुष्काले जानकारी दिए ।





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १५:३९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया