कर्णालीमा थप ५९९ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरूमा आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ३८१ जना र र्‍यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१८ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा सुर्खेतमा मात्रै ३६२ जना रहेका छन् । यस्तै दैलेखमा ६३ जना, जाजरकोटका ३८ जना, रुकुम पश्चिमका ५२, सल्यानका ५४, कालिकोटका २०, जुम्लाका २, डोल्पाका १ र अन्य प्रदेशका ७ जना रहेका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा थप ५० जना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ७ हजार ७९८ पुगेको छ । योसँगै हाल कर्णालीमा सक्रिय संक्रमितको संख्या ३ हजार २४७ पुगेको छ । 

थप ७ जनाको मृत्यु 

यस्तै पछिल्लो २४ घण्टाभित्र थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कुल संक्रमितमध्ये ८० जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १८:४१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया