नेपाल सुपर लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा बुटवल लुम्बिन एफसी विजयी भएको छ ।
उसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढी एफसीमाथि १-० को कठिन जित हात पारेको हो ।
खेलको ८० औँ मिनेटमा सुमन लामाले गरेको एक मात्र गोल बुटवललाई ३ अंक दिलाउन पर्याप्त बन्यो । उनले विलियम ओपोकुको क्रस बललाई पोस्टको दिशा दिएका थिए ।
यो जितसँगै बुटवलले ६ खेलबाट ८ अंक जोड्दै चौथो स्थानमा रहेर प्ले अफमा स्थान सुरक्षित गरेको छ । पराजय बेहोरे पनि धनगढी ६ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा कायम छ ।
बुटवलको यो जितसँगै प्रतियोगिताको प्ले अफ समीकरण पनि पूरा भएको छ । बुटवल लुम्बिनी एफसीसँगै, धनगढी एफसी, काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसीले प्ले अफमा स्थान पक्का गरे ।
विराटनगर एफसी, पोखरा थन्डर्स एफसी र एफसी चितवन प्रतियोगिताबाट बाहिरिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।