चीनमा ३० करोड नागरिकले लगाए कोरोनाविरुद्धको खोप

उत्तरी छिमेकी चीनमा शुक्रवारसम्म ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोभिड-१९ विरूद्धको खोप लिइसकेका छन्। 

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनको यो तथ्याङ्क कोभिड–१९ बाट विश्वव्यापीरूपमा सङ्क्रमित हुनेको सङ्ख्या १५ करोड ७५ लाखभन्दा बढी हो। एशियामा यसको प्रभाव उच्च रहेका समय आएको हो ।

चीनले शरीरको प्रतिरक्षा प्रणालीलाई विकास गर्न स्वदेशमा नै निर्माण गरिएको खोपलाई धेरैभन्दा धेरै नागरिकसमक्ष पुर्‍याउने अभियानलाई तीब्र पारिरहेको छ । 

बुधवार समाप्त भएको श्रमिक दिवसका अवसरको पाँच दिने छुट्टीको समयमा, सरकारले कार्यतालिकालाई तीब्रता दिँदै खोपहरू लगाइँदै आएको छ ।  

शुक्रबार, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आपतकालिन प्रयोगका लागि चीनमा निर्मित एक खोपलाई अनुमति दिएको छ । चिनियाँ खोप नागरिकको सुरक्षा, प्रभावकारिता र गुणस्तरको लागि डब्लुएचओको प्रमाणीकरण सूचीमा पर्ने विश्वको छैटौँ खोप बनेको छ । 

'महामारी नियन्त्रणका लागि खोप एक आशाको किरण भएपनि स्वास्थ्य सावधानीलाई अपनाउनु नै सङ्कटमा स्वास्थ्य सुरक्षाका लागि उत्तम उपाय भएको,' महामारी नियन्त्रण तथा रोकथामका लागि चिनियाँ केन्द्रका प्रमुख महामारी विज्ञ वु जुनयूले बताए।



विश्वव्यापी रोग प्रतिरोधात्मक अवरोध छोटो अवधिमा हासिल गर्न नसकिने भएकोले धेरै देश र क्षेत्रहरूमा खोपको दर अपेक्षाकृत कम रहेको केन्द्रले हालसालै जारी गरेको एक जानकारीमा बताइएको छ । केन्द्रले खोपको साथै रोगबाट जोगिन आत्मरक्षाका उपायहरू अझै महत्वपूर्ण रहेको उल्लेख छ।



  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार २१:५४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया