अफगानिस्तानमा विद्यालय क्षेत्रमा विस्फोट हुँदा ३० जनाको मृत्यु, ५२ जना घाइते

अफगानिस्तानमा विद्यालय क्षेत्रमा बम विस्फोट हुँदा कम्तिमा ३० जनाको निधन भएको छ । काबुलस्थित एक छात्रा विद्यालय नजिक विस्फोट हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको हो । 

अफगानी अनलाइन पोर्टल टोलो न्युजका अनुसार विस्फोटमा अन्य ५२ जना घाइते भएका छन् । अफगानी आन्तरिक मन्त्रालयका अनुसार काबुलको सायद उल सुहादा छात्रा स्कुलको नजिकै विस्फोट भएको हो । 

उक्त स्थानमा कम्तिमा पनि ३ पटक विस्फोट भएको समाचारमा जनाइएको छ । सुरुवातमा कार बम विस्फोट भएको र पछि दुईवटा रकेट बम विस्फोट भएको समाचारमा जनाइएको छ ।  

अहिलेसम्म कुनैपनि समूहले विस्फोटको जिम्मा लिएको छैन । तालिवानले भने एक वक्तव्यमार्फत उक्त विस्फोटमा आफ्नो संलग्नता नरहेको बताएको छ । 





  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार ९:१८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया