देउवा निवासमा जसपाका ठाकुर र महतो

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् । आइतबार बिहानै ठाकुर र महतो देउवा निवास पुगेका हुन् । 

प्रतिनिधिसभामा भोलि सोमबार प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विश्वासको मत लिँदै छन् । सोही विषयमा छलफल गर्नका लागि ठाकुर र महतो देउवा निवासमा पुगेका हुन् । 

यसअघि, प्रधानमन्त्री ओलीसँग रहेका भनिएका ठाकुर र महतो अहिले ओलीलाई विश्वासको मत नदिने पक्षमा उभिएका छन् । उनीहरुले सरकारले आफ्ना सबै मागहरु पूरा नगरेको भन्दै विश्वासको मत नदिने भएका हुन् । 

भोलिको संसद बैठकमा कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा छलफलका लागि ठाकुर र महतो देउवा निवास पुगेका हुन् । कांग्रेसले हिजो संसदीय दलमार्फत विश्वासको मतको विपक्षमा उभिने निर्णय गरेको थियो । 





  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार ९:२८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया