विराट अनुष्काको अभियानलाई चहलको ९५ हजार सहयोग

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उनकी पत्नी अभिनेत्री अनुष्का शर्माले भारतका कोरोना संक्रमितको सहयोगका लागि रकम जुटाउन सुरु गरेका छन् । 

उनीहरूले क्राउड फन्डिङ प्लेटफर्म केटोमार्फत् सुरु गरेको अभियानलाई भारतीय क्रिकेट टिमका सदस्य युजवेन्द्रर चहलले पनि साथ दिँदै ९५ हजार भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । 

सात दिनसम्म चल्ले यो अभियानबाट कम्तीमा पनि ७ करोड संकलन गर्ने लक्ष्य लिइएको छ । यसका लागि विराट र अनुष्काले २ करोड सहयोग गरेका थिए । 

अभियानबाट उत्साहित

विराटले यो अभियानबाट निकै उत्साहित भएको बताएका छन् । उनले अभियान सुरु भएको दिनमै ३ कारोड ६० लाख भारतीय रुपैयाँ संकलन भएको जानकारी दिएका छन् ।

विराटले ट्विट गरेका छन्, ‘अभियान सुरु भएको दिनमै ३ करोड ६० संकलन भएको छ । यसबाट म धेरै खुसी र उत्साहित भएको छु । सहयोग गर्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद । हाम्रो लक्ष्य पूरा गर्न सहयोग गर्दै गर्नु होला ।’



यो अभियानबाट उठेको रकम अस्पतालमा अक्सिजन तथा चिकित्सासँग सम्बन्धित विभिन्न सेवा उपलब्ध गराउन कार्यरत संस्था एसिटी ग्रान्ट्सलाई दान गरिनेछ ।



  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार १२:५७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया