चीनले अन्तरिक्षमा पठाएको रकेट हिन्द महासागरमा खस्यो, अधिकांश भाग जलेको अवस्थामा

चीनले अन्तरिक्षमा पठाएको लङ मार्च–५बी रकेट फिर्ता आएर पृथ्वीमा खसेको छ । चिनियाँ टेलिभिजन सिजिटिएनले दिएको खबर अनुसार अधिकांश भाग जलेको अवस्थामा उक्त रकेट अन्तरिक्षबाट पृथ्वीको वायुमण्डलमा आइपुगेको थियो । 

वायुमण्डलमा आएको रकेटको जलेर बाँकी भएको भाग हिन्द महासागरमा खसेको हो । चिनियाँ समय अनुसार आइतबार बिहान १०ः२४ बजे उक्त रकेट वायुमण्डलमा आएको चीनको मानवयुक्त अन्तरिक्षयान कार्यालयलाई उद्धृत सिजिटिएनले जनाएको छ । 

७२‍.२७ डिग्री पूर्वी देशान्तर र २.६५ डिग्री उत्तरी अक्षांशमा  हिन्द महासागरको भागमा खसेको चिनियाँ अन्तरिक्षयान कार्यालयले जनकारी दिएको छ ।

२१ टन वजन र १०० फिट लम्बाइ भएको लङ मार्च–५बी रकेट चीनले २९ अप्रिलमा हाइनान प्रान्तस्थित अन्तरिक्षयान स्टेसनबाट प्रक्षेपण गरिएको थियो । 





  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार १३:२९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया