गण्डकी प्रदेश सरकार दुई साता पनि नटिक्ने मनाङेको भविष्यवाणी पूरा

वैशाख १६ गते गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका राजीव गुरुङ (दीपक मनाङे) को मन्त्री पद १० दिनमै सकिएको छ । मन्त्री भएलगत्तै उनले यो सरकार दुई साता पनि नटिक्ने दाबी गरेका थिए । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै १० अगाडि मन्त्रीमा नियुक्त भएका मनाङेको मन्त्री पद खुस्किएको हो । मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय टुक्रयाएर मनाङेलाई खेलकुद मन्त्री बनाएका थिए । 

सोमबार आफूविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुने भएपछि मुख्यमन्त्री गुरुङले अघिल्लो दिन नै राजीनामा दिएका छन् । 

मनाङेले आफू दुई साता मात्रै मन्त्री रहने निश्चित रहेको र छोटो समयमा सिस्टम बसालेर छाड्ने बताएका  थिए । 





  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार १९:९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया