औरही गाउँपालिकाका अध्यक्षमाथि प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गरेको आरोप

धनुषाको औरही गाउँपालिकाका अध्यक्षमाथि प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गरेको आरोप लागेको छ । 

जिल्लाको औरही गाउँपालिकाका अध्यक्ष ब्रह्मदेव यादवले प्रमुख प्रशासकीय अधिकृत सुबोधकुमार ठाकुरमाथि हातपात गरेको आरोप लगाइएको हो ।

उपभोक्ता समितिमार्फत भएको कामको भुक्तानीसम्बन्धी विवादका कारण दुवैजनाबीच घम्साघम्सी भएको बताइएको छ ।
 
प्रमुख प्रशासकीय अधिकृतले आफूले गरेको आग्रहलाई बेवास्ता गरेपछि सामान्य भनाभन भएको अध्यक्ष यादवले बताएका छन् । उनले आफूले हाकिममाथि हातपात नगरेको समेत बताए । 

गाउँपालिकामा ४–५ महिनाअघि रामानन्द पाण्डेय, सबुर शेख, रजाक राइनलगायत व्यक्तिहरुले उपभोक्ता समितिमार्फत गरेका निर्माण कार्यको करिब ६० लाख रुपैयाँ भुक्तानी बाँकी रहेको र सो भुक्तानी गरिदिन आफूले हाकिमलाई आग्रह गर्दा उनले बेवास्ता गरेपछि सामान्य भनाभन भएको उनले बताए ।
 
गाउँपालिकाको खाता हिजो मात्रै लेखापालले अपडेट गराएपछि भुक्तानीको प्रक्रिया अगाडि बढाउन आफूले हाकिमसँग आग्रह गरेको उनले बताए ।





  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार १९:२८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया