प्रधानमन्त्रीलाई उपेन्द्रको प्रश्न : मधेस आन्दोलनमा झरेका तिनै दुईचार आँप खुवाउने मधेसीलाई ?
फरकधार / २७ बैशाख, २०७८
यो सामग्री सेयर गर्नुहोस्

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक मधेसी जनताको अपमान गर्दै आएको बताएका छन्। प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाइएको संसदको विशेष अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।



'देशमा कोरोनाको लहर आइसकेको थियो। तर सरकारको ध्यान चितवनमा अयोध्या बनाउनेतिर गयो। यसले कोरोना निको हुन्छ?', उनले प्रधानमन्त्रीलाई सोधे, 'एक वर्षअघि नै विश्व स्वास्थ्य संगठनले चेतावनी दिँदा दिँदै पनि सरकारले बेवास्ता गर्यो, आज कोरोनाका बिरामीहरु अस्पतालको बरन्डा र आँगनमा छटपटाइरहेका छन्।'



उनले अहिले आफू संकटमा परेपछि ओलीले मधेशीलाई फकाउन थालेको बताएका छन्। 'अहिले प्रधानमन्त्रीले मधेशीलाई फकाउन थाल्नु भएको छ', यादवले आक्रोशित हुँदै भने, 'मधेस आन्दोलनमा हुँदा प्रधानमन्त्रीले दुई चार आँप झरे भन्नु भएको थियो। अहिले तिनै आँप खुवाउनुहुन्छ तपाईँ मधेसी जनतालाई?'









  • प्रकाशित मिति : बैशाख २७, २०७८ साेमबार १६:१:३२,   अन्तिम अपडेट : बैशाख २७, २०७८ साेमबार १६:७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया