बिपी कोभिड अस्पतालमा कोरोना पोजेटिभको जटिल शल्यक्रिया

कोरोना संक्रमित सिराहा कल्याणपुरका ४० वर्षीय पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा आज सोमबार जटिल शल्यक्रिया सम्पन्न भएको छ । 

सानो आन्द्रामा प्वाल परेर समस्या बिरामी भएका पुरुषको आज बिहान आकस्मिक शल्यक्रिया गरिएको हो । बिरामीको पेट फुलेको थियो भने उनमा ज्वरो, खोकी, बान्ता र श्वास–प्रश्वासको समस्या देखापरेको थियो ।

बिरामी भएपछि उनलाई उपचारका लागि सिराहाको फुलकुमारी महतो मेमोरियल अस्पतालमा भर्ना गएिएको थियो ।

त्यहाँ कोरोना पोजेटिभ देखिएपछि वैशाख २६ गते बिपी प्रतिष्ठानमा भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता चूणामणि पोखरेलले जानकारी दिए ।

कोभिड अस्पतालमा थप जाँच गर्दा उनको सानो आन्द्रामा छिद्र देखा परेको र पेटमा संक्रमण फैलिएको देखिएपछि तत्काल शल्यक्रिया गरिएको थियो ।

जनरल सर्जरी विभागका डा। निर्मलप्रसाद साह नेतृत्वको टोलीले उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको थियो । 



कोरोनाको दोस्रो लहर सुरु भएयता पूर्ण रुपमा बेहोस पारी शल्यक्रिया भएको यो नै पहिलो हो । कोरोनाको पहिलो लहरको बेला पनि कोभिड अस्पतालमा कोरोना पोजेटिभ पाँंच बिरामीको शल्यक्रिया भएको थियो । 



  • प्रकाशित मिति : बैशाख २७, २०७८ साेमबार १८:२३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया