नयाँ सरकार : देउवाले डाके बैठक, माधव नेपाललाई पनि बोलाइयो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे अन्य दलसँग बैठक बोलाएका छन्। बैठकमा कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्रका नेता र जसपाको उपेन्द्र यादवसहितका नेताहरुलाई बोलाइएको छ। 

देउवाले छलफलका लागि नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाएका छन्। सभापति देउवा निवास बूढानीलकण्ठमा आज दिउँसो २ बजे बैठक बस्‍ने भएको हो। 

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी छन्। उक्त धाराअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्ने बाटो खुलेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत गुमाएपछि सोमबार नै सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन प्रक्रिया थाल्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।

अहिलेको अवस्थामा कांग्रेस, माओवादी, जसपाको गठबन्धनबाट मात्रै बहुमत पुग्दैन । त्यहीकारण एमालेको नेपाल समूहलाई पनि बैठकमा बोलाइएको छ। माधव नेपाल समूहले सरकार बनाउने क्रममा फ्लोर क्रस गरिदिए वा राजीनामा दिएमा देउवा-प्रचण्ड गठबन्धनलाई बहुमत पुर्‍याउन सहज हुन्छ। 





  • प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार १०:५५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया