नेपाल सुपर लिग : फाइनल प्रवेशका लागि काठमाडौं र धनगढी भिड्दै
फरकधार / २८ बैशाख, २०७८
फाइल तस्बिर

नेपाल सुपर लिग अन्तर्गत पहिलो प्ले अफमा मंगलबार काठमाडौं रेजर्स र धनगढी एफसी प्रतिस्पर्धा गर्दै छन् ।



खेल साँझ साढे पाँचबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

काठमाडौं समूहचरणमा ४ जित समान १-१ हार र बराबरीको नतिजा सहित १३ अंक जोडेर शीर्ष स्थानमा रहँदै प्ले अफमा पुगेको हो ।



धनगढी ३ जित २ हार र १ बराबरीको नतिजा सहित १० अंक जोडेर दोस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो ।



समूह चरणका शीर्ष दुई टोलीबीच हुने यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ ।

काठमाडौं विकेश कुथु र धनगढी किरण चेम्जोङको कप्तानीमा मैदान उत्रिने छन् ।

प्रतियोगितामा काठमाडौंलाई एक मात्र हार चखाउने टोली हो धनगढी । ऊ फेरि पनि जित निकाल्दै फाइनल पुग्ने दाउमा हुनेछ ।

धनगढीलाई ओलावाले अफिज, विशाल राई, दर्शन गुरुङ, पुजन उपरकोटी जस्ता खेलाडीको साथ हुनेछ ।

उसलाई पछिल्ला खेलमा उच्च प्रदर्शन गरिरहेको काठमाडौंविरुद्ध जित निकाल्न त्यति सहज भने हुने छैन ।

काठमाडौं पनि समूह चरणमा बेहोरेको हारको बदला लिँदै फाइनल प्रवेश गर्ने प्रयासमा हुनेछ । 

काठमाडौंलाई मेसौके ओलोमोउ, सन्जोग राई, स्टेफेन बिनोङ समिर, तेज तामाङ जस्ता खेलाडीको साथ रहनेछ ।

काठमाडौंलाई पनि धनगढीविरुद्ध जित निकाल्न त्यति सहज भने हुने छैन । 

यो खेलमा पराजय हुने टोलीले बुधबार ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीच हुने दोस्रो प्ले अफ विजेतासँग इलिमिनेटर राउन्डमा प्रतिस्पर्धा गर्नेछ ।

बिहीबार हुने इलिमिनेटर राउन्डको विजेताले शनिबार हुने फाइनलमा पहिलो प्ले अफ विजेतको सामना गर्नेछ ।

  • प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार ११:३३:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया