निषेधाज्ञा थपियो : उपत्यकाका होटल र पार्टी प्यालेसमा बिहे गर्न नपाइने

कोरोना फैलिएर विस्फोटक रुप लिन थालेपछि स्थानीय प्रशासनले अबको केही समय होटल र पार्टी प्यालेसमा हुने बिहेलाई पनि रोक लगाएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी निषेधाज्ञा १५ दिन थपिएको बताउँदै उपत्यकामा होटल र पार्टी प्यालेसमा हुने विवाहमा पनि रोक लगाइएको बताएका छन्। 

‘कोरोनाले भयावह रुप लिएको छ। यस्तो अवस्थामा अब कहीँ पनि भीड राख्नु हुँदैन', उनले भने, 'अब होटल र पार्टी प्यालेसमा हुने गरेका बिहे पनि रोक्ने निर्णय लिएका छौँ।'

पराजुलीले अत्यावश्यक सामग्री किन्‍ने भीड कम गर्न बिहान १० बजेसम्म खाद्यान्न पसल खुला हुनेछन्। यसअघि बिहान ९ बजेसम्म ती पसल खुल्थे। अबदेखि अत्यावश्यकबाहेक सरकारी कार्यालय पनि बन्द हुनेछन्। 
 





  • प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार १४:४५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया