सुर्खेतमा ‘कोभिड-१९ सेल्फ हेल्प समूह’को निःशुल्क एम्बुलेन्स सेवा

कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखेर सुर्खेतका युवाहरूले ‘कोभिड-१९ सेल्फ हेल्प समूह’का माध्यमबाट निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् । समूहले प्रदेश आयुर्वेद अस्पतालसँगको समन्वयमा एम्बुलेन्स सेवाको सुरुवात गरेको हो ।

समूहले १० वटा अक्सिजन सिलिन्डर सहित एम्बुलेन्स आयुर्वेद अस्पतालाई हस्तान्तरण गरेको संयोजक पत्रकार सुदीप पुरीले बताए । अक्सिजन सहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने उद्देश्य सहित एम्बुलेन्सको व्यवस्थापन गरी प्रदेश आयुर्वेदिक अस्पताललाई हस्तान्तरण गरेको उनको भनाइ छ ।

कोरोनाको दोस्रो लहर देखिएसँगै कर्णालीमा अक्सिजनको चरम अभाव भएपछि युवाहरूको एक समूहले ‘अक्सिजन सिलिन्डर अभियानका लागि मेरो १ हजार’ नामक अभियानको सुरुवात गरेका थिए । सोही अभियानमार्फत् उठेको रकमले एम्बुलेन्स सेवा सुरु गरिएको हो । प्रदेश आयुर्वेद औषधालयमा १५ शय्याको आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको छ । 

समूहले सुरु गरेको अभियानमा हालसम्म करिब ६ लाख रुपैयाँ संकलन भइसकेको समूहका सदस्य मिलन श्रेष्ठले बताए । पत्रकार सुदीप पुरीको नेतृत्वमा सुरु गरिएको अभियानमा धर्मराज आचार्य र खगेन पुरी लगायतका युवाहरू सहभागी छन् । एम्बुलेन्स सेवा लिनका ०८३-५२०३९९, ९८४८१०६३०३ र ९८६८९०६००० मा सम्पर्क गर्न सकिने छ । एम्बुलेन्स सेवा सोमबारबाट सुरुवात गरिएको हो । 





  • प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार १६:५२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया