गाजामा इजरायलको एयर स्ट्राइक, ३६ जनाको निधन

प्यालेस्टाइनको गाजामा इजरायली सेनाको हवाइ कारबाहीमा परी कम्तीमा ३६ जनाको निधन भएको छ । सेनाले गरेको बम प्रहारबाट उनीहरुको ज्यान गएको हो । 

हमास विद्रोहीको कब्जामा रहेको गाजामा इजरायली सेनाले बुधबार बिहानैदेखि हवाइ कारबाही गरेको थियो । जसमा परी गाजामा ३६ जनाको निधन भएको समाचार संस्था रोयटर्सले लेखेको छ । 

इजरायली सेना र हमास विद्रोही समूहबीच वर्षकै सबैभन्दा ठूलो बमबारी भएको समाचारमा उल्लेख गरिएको छ । गाजाबाट विद्रोही समूह हमासले इजरायलको तेल अभिभमा चरणबद्ध रुपमा रकेट प्रहार गरेर विस्फोट गराएपछि इजरायली सेनाले हमासको आधार क्षेत्र गाजामा एयर स्ट्राइक गरेको हो । 

सेनाको बामबारीका क्रममा बुधबार बिहानै सेनाले १ सयभन्दा बढी पटक हवाई आक्रमण गरेको थियो । जस क्रममा ३६ जनाको ज्यान गएको हो । बमबारीमा परेर ज्यान गुमाउनेमा १० जना बालबालिका पनि रहेका समाचारमा उल्लेख छ । 

दुवै तर्फको हमलामा परेर २५० जनाभन्दा बढी घाइते भएका छन् । इजरायली क्षेत्रमा पनि हमासको आक्रमणबाट कम्तीमा ६ जनाको ज्यान गएको बताइएको छ । 





  • प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार १३:३३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया