नेपाल सुपर लिग : ललितपुर दोस्रो क्वालिफायरमा
फरकधार / २९ बैशाख, २०७८

नेपाल सुपर लिग अन्तर्गत बुधबार भएको एलिमिनेटर राउन्डमा ललितपुर सिटी एफसी विजयी भएको छ ।



उसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवल लुम्बिनी एफसी माथि १-० को कठिन जित हात पारेको हो ।

खेलको ६१ औँ मिनेटमा कप्तान अञ्जन विष्टले गरेको एक मात्र गोल ललितपुरलाई जित दिलाउन पर्याप्त बन्यो । उनले मिक्छेन तामाङको क्रसमा हेड मार्फत उत्कृष्ट गोल गरेका थिए । 



पराजित बुटवल प्रतियोगिताबाट बाहिरिँदा जित हात पारेको ललितपुरले बिहीबार काठमाडौं रेजर्स एफसीसँग दोस्रो क्वालिफायर खेल्नेछ ।



दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि शनिबार धनगढी एफसीको सामना गर्नेछ ।

  • प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार १९:२९:४२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया