बार्सिलोना, रियल मड्रिड र युभेन्टसमाथि अनुसन्धान सुरु

विवादास्पद फुटबल प्रतियोगिता सुपर लिगलाई लिएर युरोपका ३ क्लबमाथि अनुसन्धान सुरु भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले तीन क्लबमाथि अनुसन्धान सुरु गरेको हो ।

स्पेनका बार्सिलोना र रियल मड्रिड तथा इटालीको युभेन्टसमाथि युइएफएले अनुसन्धान सुरु गरेको छ । यी तीनवटै क्लब सुपर लिगका संस्थापक क्लब हुन् । 

युरोपका विभिन्न १२ वटा क्लबले आफूहरुको नेतृत्वमा रहने गरी सुपर लिगको सुरुवात गरेका थिए । सोही विषयमा युइफएले छानबिनका लागि समिति गठन गरेको बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

सुपर लिगलाई लिएर चौतर्फी दबाब र विरोध आएपछि बार्सा, रियल र युभेन्टसबाहेकका ९ क्लबले प्रतियोगिताबाट नाम फिर्ता लिइसकेका छन् । तर, यी तीन क्लब भने अझैपनि लिग गर्ने पक्षमा रहेका छन् । 

यसअघि, प्रिमियर लिगका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी, लिभरपुल, टोटेनहम, स्पेनका एट्लेटिको मड्रिड, इटालीका इन्टर मिलान र एसी मिलानले प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए ।

सुपर लिग खेल्ने खेलाडीलाई अन्तराष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाउने युइएफएले यसअघि नै बताइसकेको छ । इटालीको सिरी ’ए’ ले पनि युभेन्टसलाई लिगमा प्रतिबन्ध लगाउने चेतावनी दिइसकेको छ ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार ६:३७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया