एनएसएल : उपाधि भिडन्त पक्का गर्ने लक्ष्यसहित काठमाडौं र ललितपुर भिड्दै

नेपालको पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगको दोस्रो क्वालिफायरमा उपत्यकाका दुई क्लब काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् । आजको खेलको विजेताले धनगढीसँगको उपाधि भिडन्त पक्का गर्नेछ । 

यसअघि पहिलो क्वालिफायरमा धनगढीसँग २- १ ले पराजित काठमाडौं ललितपुरमाथि जित निकाल्दै फाइनलमा स्थान बनाउन चाहन्छ । यता इलिमिनेटरमा बुटवललाई पन्छाएको ललितपुर पनि फाइनल प्रवेशको दाउमा छ । 

हिजो बुधबार भएको इलिमिनेटरमा बुटवल लुम्बिनीलाई पराजित गरेको ललितपुर आज काठमाडौंविरुद्ध उत्रन लागेको हो । दोस्रो क्वालिफायर अन्तर्गत काठमाडौ र ललितपुरको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

पछिल्लो ६ खेलमा अपराजित रहेको ललितपुर सिटी एफसी काठमाडौंविरुद्ध सोही नतिजा निकाल्ने कोसिसमा हुनेछ । उपाधिको बलियो दाबेदार काठमाडौं समेत ललितपुरविरुद्ध आफ्नो सेट टिमबाट नतिजा निकाल्ने तयारीमा छ । 

यसअघि लिग चरणमा भएको भ्याली डर्बीको खेलमा काठमाडौंले ललितपुरलाई १–० गोल अन्तरले हराएको थियो । काठमाडौंको जितमा अफ्रिकन खेलाडी मेसौके ओलुमोउले विजयी गोल गरेका थिए ।

Update - Road To Final @lalitpurcityfootballclub has won Eliminator against @butwal_lumbinifc and entered the Quailfier...

Posted by NSL - Nepal Super League on Wednesday, May 12, 2021




  • प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार ७:४९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया