कोटेश्वरबाट फर्किए विष्णु पौडैल, बालुवाटारमा एमाले स्थायी कमिटी सुरु

नेकपा एमाले स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बिहान ९ बजेका लागि डाकिएको बैठक केही बेरअघि सुरु भएको हो।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश वरिष्ठ नेता माधवकुमार नेपाललाई पुर्‍याएर नेता विष्णु पौडेल फर्किएपछि स्थायी कमिटी सुरु भएको हो। 

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा त्यसभन्दा बढी दलको बहुमतको गठनका लागि दिएको तीन दिने म्याद सकिँदै गर्दा प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक सुरु भएको हो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आजको बैठकमा पार्टीमा देखिएको विवादसहित अन्य समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ।

एमालेमा देखिएको विवाद मिलाउने निर्णायक पहल ओलीले थालेपछि बैठक बसेको हो। ओली र नेपालबीच आज बिहान फोन सम्वाद भएपछि स्थायी कमिटी बसेको हो। उक्त बैठकले नेपाल पक्षका मागहरु सम्बोधन प्रक्रिया अघि बढाउन सक्नेछ। 

माधव नेपाल पक्षले आज राजीनामा तयारी गरेका छन्। तर उपनेता नेम्बाङले नेपाल समूहले सांसद पदबाट राजीनामा नदिने दाबी गरेका छन्। 





  • प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार ९:५९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया