ओ‌लीसामु आत्मसमर्पण नगरौँ, एक मात्रै विकल्प विद्रोह : रामकुमारी झाँक्री
राजीनामा नै विकल्प भएको जिकिर

नेकपा एमालेको असन्तुष्ट समूहकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीलाई परास्त गर्न विद्रोह मात्रै विकल्प भएको बताएकी छन्। उनले राजीनामा दिएर भए पनि ओलीलाई ठेगान लाउनुपर्ने संकेत गरेकी हुन्।

वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथिको कारबाही एमालेले फुकुवा गरेका दिन झाँक्रीको यस्तो प्रतिक्रिया आएको हो। अध्यक्ष ओली र नेपालबीच क्याप्टेन रामेश्वर थापाको चपली हाइटस्थित घरमा वार्ता चलिरहेका बेला उनले सहमतिबिना अलमलमा पर्न नहुने बताइन्। 

ओलीले संसद विघटनलाई सही ठहर्‍याउन यो सबै प्रभुको इच्छामा गरिरहेको पनि उनले आरोप लगाएकी छन्। 'ठोस प्रस्ताव र लिखित सहमतिबिना अलमलमा पर्नुहुन्न', उनले ओलीतिर लक्षित गर्दै भनेकी छन्, 'आफूले गरेको संसद विघटन सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इशारामा यो सबै हुँदैछ।'

नेतृ झाँक्रीले ठोस प्रस्तावबिनाको संवादको पनि अर्थ नरहेको उल्लेख गरेकी छन्। 'ठोस प्रस्तावबिनाको संवादको अर्थ छैन। जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि हाम्रो अगाडि एक मात्रै विकल्प हो विद्रोह', उनले भनेकी छन्, 'हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ, सचेत बनौँ।'

ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको...

Posted by Ramkumari Jhakri on Thursday, May 13, 2021

 



 



  • प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार १६:३७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया