८,९६० नयाँ थपिए, ५०५५ कोरोनामुक्त, सक्रिय संक्रमित १ लाख ५ हजार बढी

पछिल्लो २४ घण्टामा देशभर  ८,९६० जना नयाँ संक्रमित थपिएका छन्।  स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १९ हजार ४७४ पिसिआर परीक्षण गरिएको छ । ७७१ एन्टिजेन परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ४ लाख ३१ हजार १९१ जना पुगेको छ।

२४ घण्टामा ५०५५ जना कोरोनामुक्त भएका छन्। यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ। 

अहिले देशभर सक्रिय  संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ४४६६ पुगेको छ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार १७:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया