अर्थमन्त्रीको पहिलो निर्णय : अक्सिजन प्लान्ट राख्न तीन अस्पताललाई ५ करोड ८३ लाख दिने

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन्। केपी शर्मा ओली हिजो तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि अर्थमन्त्रीमा पुन:नियुक्त भएका पौडेलले आफ्नो पहिलो निर्णय कोभिडसम्बन्धी गरेका हुन्। 

पौडेलले अर्थमन्त्री पदमा पुन:शपथ ग्रहण गरेपछि अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्न डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जलाई ५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णय गरेका हुन्। 

पदभार ग्रहणका क्रममा उनले कोरोना महामारीको दोस्रो लहरका कारण उत्पन्‍न असहज र चुनौतीपूर्ण घडीसँग लड्ने जनाउसहित पौडेलले यो रकम दिने निर्णय लिएका उनका स्वकीय सचिव याम पाण्डेले जानकारी दिए।





  • प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार १७:२३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया