चीनले प्रक्षेपण गरेको अन्तरिक्षयान मंगल ग्रहमा अवतरण गर्न सफल भएको छ । शनिबार बिहान चीनले प्रक्षेपण गरेको अन्तरिक्षयान 'झुरोङ' रोभर मंगल ग्रहमा अवतरण गर्न सफल भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
६ वटा पाङ्ग्रा भएको ‘झुरोङ ’ नामक यान ३२० मिलियन किलोमिटर पार गर्दै मंगल ग्रहको उत्तरी गोलार्धमा सफल अवतरण गरेको बिबिसीले उल्लेख गरेको छ । झुरोङलाई बोकेको तियानवेन-१ अर्बिटर गत फेब्रुअरीमै मंगलको सतहमा पुगेको थियो ।
तर, शनिबार मात्रै झुरोङले मंगल ग्रहको सतहमा सफल अवतरण गरेको हो । बिबिसीका अनुसार चीनले अवतरण गराएको झुरोङको तौल २४० केजी रहेको र सोलार उर्जाबाट सञ्चालन हुनेछ ।
बिबिसीका अनुसार झुरोङको सफल अवतरणसँगै चीन मंगल ग्रहमा सफलतापूर्वक रोभर अवतरण गराउने दोस्रो मुलुक बनेको छ । यसअघि अमेरिकाले मात्रै रोभर मंगल ग्रहमा राख्न सफल भएको समाचारमा उल्लेख छ ।
Congratulations to CNSA’s #Tianwen1 team for the successful landing of China’s first Mars exploration rover, #Zhurong! Together with the global science community, I look forward to the important contributions this mission will make to humanity’s understanding of the Red Planet. pic.twitter.com/KexElIu8OH
— Thomas Zurbuchen (@Dr_ThomasZ) May 15, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।