नेपाल सुपर लिगको उपाधि काठमाडौंलाई
फरकधार / १ जेठ, २०७८

काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिगको विजेता बनेको छ ।



नेपालमै पहिलोपटक आयोजना भएको फ्रेन्चाइज फुटबल सुपर लिगमा शनिबार त्रिपुरेश्वरको दशरथ रंगशालामा धनगढी एफसीमाथि १-० को कठिन जित हात पार्दै काठमाडौं लिगको विजेता बनेको हो ।

खेलको २१ औँ मिनेटमा मेसौके ओलोमोउले गरेको एक मात्र गोल काठमाडौंलाई उपाधि दिलाउन पर्याप्त बन्यो ।



उनले विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठले मिलाइदिएको पासलाई सदुपयोग गरेका हुन् ।



विजेता बनेसँगै काठमाडौंले ट्रफीसहित ३५ लाख पाउँदा उप विजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझायो ।

लिग अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको हो ।

वैशाख ११ देखि सुरु भएको लिगमा विराटनगर सिटी, ललितपुर सिटी, काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी र धनगढी एफसीको सहभागिता थियो । 

  • प्रकाशित मिति : जेठ १, २०७८ शनिबार १९:४५:२५,   अन्तिम अपडेट : जेठ १, २०७८ शनिबार २०:३७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया