नेपाल चीन सिमानाको तातोपानी नाकामा १८ हजार थान अक्सिजन सिलिन्डर आइपुगेको छ । चीन सरकारले सहयोग दिएको सिलिन्डर तातोपानी नाकामा आइपुगेको हो ।
नेपालमा कोरोना संक्रमणको दोस्रो लहरले अक्सिजनको चरम अभाव देखिएपछि सरकारको पहलमा चीन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर प्रदान गरेको थियो ।
उक्त सहयोगको पहिलो चरणमा २ हजार सिलिन्डर जहाजबाट र १८ हजार सिलिन्डर स्थलमार्ग हुँदै नेपाल ल्याउन लागिएको हो । जसअन्तर्गत तातोपानीमा १८ हजार सिलिन्डर आइपुगेको हो ।
अहिले तातोपानी नाकाका १८ हजार थान सिलिन्डर आइपुगेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिएका छन् ।
तातोपानी नाकामा आइपुगेको चीन सरकारबाट सहयोग प्राप्त १८ हजार अक्सिजन सिलिन्डर केही दिनमा काठमाडौं ल्याउने तयारी भइरहेको पनि पाण्डेले जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।