मुख्यमन्त्री पोखरेल भन्छन्, 'सबै गम्भीर बनौँ'

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कोरोना महामारीबाट सिर्जित समस्याको समाधानमा सबै जना गम्भीर बन्नुपर्ने बताएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत सबैलाई गम्भीर बन्न अनुरोध गरेका हुन् । 

कोरोना संक्रमणको दोस्रो लहरका कारण अहिले देशव्यापी रुपमा देखिएको अक्सिजनको संकट समाधानका लागि सबैजना गम्भीर बन्नुपर्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ । 

मुख्यमन्त्री पोखरेलले अहिले सेवाका नाममा व्यक्तिले उद्योगबाट अक्सिजन सिलिन्डर लैजाँदा संस्थागत वितरणमा संकट आएको बताएका छन् । उनले विभिन्न व्यक्तिले उद्योगबाट सिलिन्डर लैजाँदा अस्पतालहरुमा वितरण प्रणाली नै प्रभावित भएको बताएका छन् । 

व्यक्तिहरुले सेवाको नाममा आफूखुसी अक्सिजन सिलिन्डर लैजाँदा अस्पतालको उपचार प्रभावित भएको पोखरेलले बताए । उनले अहिले देखिएको यो समस्या समाधानका लागि सबै जनालाई गम्भीर बन्न आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : जेठ २, २०७८ आइतबार १०:९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया