जनता समाजवादी पार्टीमा देखिएको विभाजनतर्फको विवादलाई लिएर दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच आज भेटवार्ता हुने भएको छ।
प्रथम अध्यक्ष ठाकुरले बहुमत (करिब २०) सांसदसहित संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतोलाई चयन गरेपछि बढेको विवादबीच दुई नेता आज १ बजे वार्तामा बस्न लागेका हुन्।
हिजो मात्रै आफू पक्षीय बैठक राखेर ठाकुर-महतो पक्षलाई कारबाही गर्ने बताएका यादव कांग्रेस र माओवादीसँग मिलेर सरकार बनाउन नपाएपछि आक्रोशित छन्। यस्तो अवस्थामा ठाकुर र यादवबीच वार्ता हुन लागेको हो।
दुई नेताबीचको वार्तास्थल अहिलेलाई गोप्य राखिएको छ। वार्ताका क्रममा संसदीय दल, राष्ट्रिय कार्यकारिणी समिति र पार्टीमा देखिएका अन्य विवादबारेमा कुरा हुने बताइएको छ
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।