सिजनको अन्त्यसँगै जिदानले रियल छाड्ने

स्पेनिस क्लब रियल मड्रिडका फेन्च प्रशिक्षक जिनेदिन जिदानले सिजनको  अन्त्यसँगै क्लब छाड्ने बताएका छन् ।

स्पेनिस खेल पत्रिका मार्काका अनुसार जिदानले आफ्ना खेलाडीलाई अर्को सिजनमा रियलको प्रशिक्षक नहुने बताएका हुन् । 

उनले च्याम्पियन्स लिगमा चेल्सीसँगको पराजयपछि र ला लिगा अन्तर्गत सेभिल्लासँगको खेलअघि प्रशिक्षणका क्रममा सबै खेलाडीलाई रियल छाड्ने बताएका थिए ।

मार्काका अनुसार उनले शनिबार बसेको बोर्ड बैठकमा पनि यो कुराको जानकारी गराएका छन् ।

जिदानले रियलमा आफ्नो समय सकिएको र नयाँ कदम चाल्नुपर्ने बेला आइसकेको बताए ।

यदि यो सिजनपछि रियल छाडेमा जिदान दोस्रोपटक क्लबबाट बाहिरिने छन् । 



सन् २०१६ मा टिम सम्हाल्न आएका उनले सन् २०१८ मा अचानक प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

जिदान सन् २०१९ मा फेरि मड्रिड फर्किए । उनले प्रशिक्षकका रूपमा क्लबलाई ११ उपाधि दिलाएका छन् । 



यदि जिदानले रियल छाडेमा क्लबका पूर्व खेलाडी राहुल गोञ्जालेज प्रशिक्षक प्रमुख बन्ने सम्भावना बलियो देखिन्छ ।

जर्मनका प्रशिक्षक जोचिम लोउ र मासिमिलियानो एलिग्री पनि विकल्पका रूपमा रहेको बताइएको छ ।

  • प्रकाशित मिति : जेठ २, २०७८ आइतबार १३:५३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया