कोरोना नियन्त्रणलाई थप चार अर्ब ३२ करोडको सहमति

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अर्थ मन्त्रालयले चार अर्ब ३१ करोड ८५ लाख ६० हजार बराबरको सहमति दिएको छ । 

अस्पतालको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्री खरिदका लागि मन्त्रालयले उक्त रकम सहमति दिएको हो। अर्थले २६ केन्द्रीय अस्पताल र नौ  प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र  ट्यांकमा दुई अर्ब  ९५ करोड २० लाख बराबरको सहमति दिएको हो ।
 
मन्त्रालयले विज्ञप्तिमार्फत केन्द्रीय र प्रादेशिक गरी २५  अस्पताललाई एचडियु स्थापनाका लागि रु एक अर्ब ३६ करोड ६५ लाख ६० हजारको सहमति दिइएको जनाएको छ। 

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति सरकारले लिएको छ। त्यही अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो। 





  • प्रकाशित मिति : जेठ २, २०७८ आइतबार २०:५६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया