पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जननेता मदन भण्डारीको नाममा स्वार्थको रोटी सेक्न बन्द गर्नुपर्ने बताएका छन् । मदनआश्रित स्मृति दिवसमा डा. भट्टराईले यस्तो बताएका हुन् ।
डा. भट्टराईले सामाजिक सञ्जालमार्फत मदन-आश्रितको नाममा स्वार्थको रोटी सेक्ने तर्फभन्दा उनीहरुको दुर्घटना अथवा हत्या के हो भन्ने रहस्य सुल्झाउन लाग्नुपर्ने बताए ।
मदनपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति भएको र उनका उत्तराधिकारी दाबी गर्ने केपी शर्मा ओली प्रधानमन्त्री भएको अवस्थामा उक्त रहस्य सुल्झाउनु पर्ने डा. भट्टराईको तर्क छ । अहिले उच्चस्तरीय निष्पक्ष छानविन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गर्नुपर्ने उनको धारणा छ ।
डा. भट्टराईले लेखेका छन्, '२०५० जेठ ३ गते दासढुंगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन–आश्रितप्रति हार्दिक श्रद्धा सुमन ! मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानविन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौँ ।'
रहस्यलाई टुङ्ग्याउनका लागि अहिले सबैले सार्थक पहल गर्नुपर्ने डा. भट्टराईको धारणा छ । उनले रहस्य सुल्झाउन तर्फ ध्यान नदिने हो भने उनीहरुको नाममा स्वार्थको रोटी सेक्न छोड्नुपर्ने बताए ।
२०५०जेठ३गते दासढंुगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन-आश्रितप्रति हार्दिक श्रद्धासुमन! मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानवीन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं। नत्र वहाॅहरूको नाउॅमा स्वार्थको रोटी सेक्न छोडौं! pic.twitter.com/FLWKb1bqSi
— Baburam Bhattarai (@brb1954) May 17, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।