एमाले-माओवादी एकता निष्कर्षमा नपुग्नुमा विभाजनकारी सोच कारक : प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीचको एकीकरण निष्कर्षमा नपुग्नुमा केही नेताको विभाजनकारी सोच कारण रहेको बताएका छन् । 

मदान-आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरण अभियान निष्कर्षमा पुग्न नसकेको बताएका छन् । 

प्रधानमन्त्री ओलीले आफू अझै पनि कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न लागिपर्ने बताएका छन् । आफू नयाँ स्वरूपमा कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने पनि ओलीले बताएका छन् । 

विज्ञप्तिमा ओलीले भनेका छन्, ‘एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरूपमा एमाले पुनःस्थापित भएको छ । हामी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतःसंकल्पित छौँ ।’

प्रधानमन्त्री ओलीले जननेता मदनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादमा आधारित भएर विकासमा आफू लागेको बताएका छन् । उनले जनताको बहुदलीय जनवादको रक्षा गर्दै कार्यान्वयन र विकास गर्दै जाने पनि उल्लेख गरेका छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार ९:५९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया