कोरोना संक्रमणदर बढेसँगै नेपालमा अक्सिजन अभाव देखिएको छ । अस्पतालले पनि बेड दिन्छौँ अक्सिजन लिएर आउनु भन्न थालेका छन् बिरामीलाई । त्यसैले सक्ने मानिसहरु अक्सिजन जोहोमा विभिन्न तरिकाले लागेका छन् ।
अक्सिजन जोहोका लागि कलाकारहरु पनि निक्कै सक्रियताका साथ लागेका छन् । अभिनेता पल शाह फिल्डमा नै निस्किएका छन् । केही कलाकारहरुले भने आर्थिक सहयोग गरेका छन् ।
अभिनेता पुष्प खड्काले ५० सिलिन्डर अक्सिजन जोहो गर्नका लागि आर्थिक सहयोग गरेका थिए । यसैबीच, बरिष्ठ कलाकार राजाराम पौडेलले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।
पौडेलले जनता बचाउने अभियानमा आफूले सकेको सहयोग गरेको बताएका छन् । उनले भनेका छन्, ‘हाम्रो अन्नदाता भनेकै दर्शक हुन् । अनि यो बेलामा तिनै अन्नदाता भगवान जस्ता दर्शकको जीवन बचाउन महावीर पुन ज्यूको टिमले अत्यन्त मिहिनेत गरेको देखेर मैले पनि उहाँलाई थोरै सहयोग गरेको हुँ ।’
पछिल्लो समय आफ्नी बुहारीलाई पनि कोरोना संक्रमण पछि निक्कै गाह्रो भएको पौडेलले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।