म कसरी खेलाडीसँग क्लब छाड्दै छु भन्न सक्छु : जिदान

विभिन्न सञ्चार माध्यमले स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले आफ्ना खेलाडीलाई सिजनको अन्त्यसँगै क्लब छाड्ने बताएको समाचार आइतबार बिहान प्रकाशित गरेका थिए ।

जिदानले भने यो कुरा अस्विकार गर्दै भनेका छन्, ‘जति बेला हामी उपाधि होडको निर्णायक मोडमा छौँ, यस्तो अवस्थामा म कसरी आफ्ना खेलाडीसँग क्लब छाड्ने कुरा गर्न सक्छु ।’

‘बाहिर कसले के भन्छ त्यो उनीहरूको रुचिको विषय हो तर कहिल्यै म यस्तो भन्न सक्दिनँ’, जिदानले थपे, ‘यति बेला हामी केबल अन्तिम खेलमा केन्द्रित छौँ र सिजनको सुखद अन्त्य गर्न चाहान्छौँ । मैले आफ्नो भविष्यका बारेमा पहिल्यैदेखि एउटै धारणा राख्दै आएको छु ।’ 

एट्लेटिको क्लबलाई आइतबार राति १-० ले हराउँदै लिग उपाधि सम्भावनालाई जिवित राखेको रियलले अन्तिम खेलमा भिल्ला रियलसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल अर्को आइतबार रियलकै घरेलु मैदानमा हुनेछ । यो खेलमा जित हात पारेर मात्र रियललाई उपाधि हात पार्न पर्याप्त हुने छैन ।

शीर्ष स्थानको एट्लेटिको मड्रिडले आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडसँग बराबरी वा हारको नतिजा निकालेको खण्डमा मात्र रियल लिग विजेता बन्नेछ ।



शीर्ष स्थानको एट्लेटिको ८३ अंक हुँदा रियलको ८१ अंक छ । आइतबार राति सेल्टा भिगोसँग २-१ ले पराजित हुँदै उपाधि होडबाट बाहिरिएको बार्सिलोना ७६ अंकका साथ तेस्रो स्थानमा छ ।

‘भिल्ला रियलविरुद्ध खेल्न त्यति सहज हुने छैन, तर आफ्नो स्वाभाविक खेल खेल्ने छौँ’, जिदानले खेलपछि भने, ‘हामी आफ्नो खेलमा केन्द्रित हुँदै सुखद् अन्त्य गर्ने प्रयासमा हुनेछौँ  ।’



  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार १७:३८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया