बलिउडमा अत्यधिक इगाे छ- श्रेयास तालपडे

बलिउड स्टार श्रेयास तालपडेले बलिउड इन्डस्ट्रीमा अत्यधिक इगाे रहेको संकेत गर्दै साथी भनिएका धेरैले धोका दिएको बताएका छन् ।

एक अन्तर्वार्तामा बोल्दै उनले भने,‘मैले केही कलाकार मसँग फिल्ममा काम गर्न अस्वीकार गरेको पाएको थिएँ । उनीहरू म फिल्ममा देखिएको चाहन्नथे । साथीकै लागि मैले केही फिल्म खेलेको छुु । तर केही साथीले मलाई धोका दिए । केही साथीले मबिना पनि फिल्ममा काम गरे ।’

तालपडेले बलिउड इन्डस्ट्रीमा अत्यधिक इगो रहेको पनि बताएका छन् । उनी भन्छन्, ‘बलिउड इन्डस्ट्रीमा ९० प्रतिशत मानिस परिचितमात्र छन् । बाँकी १० प्रतिशत राम्रो गर्दा खुसी हुने छन् । यहाँ अत्यधिक मात्रामा इगो छ ।’

सन् २००५ मा रिलिज भएको फिल्म ‘इकबाल’ बाट तालपडेले बलिउड इन्डस्ट्रीमा पाइला राखेका थिए ।  
 





  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार १८:३२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया