रियल विश्वकै सर्वाधिक मूल्यवान फुटबल ब्रान्ड

स्पेनिस क्लब रियल मड्रिड विश्वकै सबैभन्दा मूल्यवान फुटबल ब्रान्ड बनेको छ ।  एक अध्ययनका अनुसार रियलले बार्सिलोना र म्याचेस्टर युनाइटेडलाई पछि पार्दै सर्वाधिक मूल्यवान ब्रान्ड बनेको हो ।

रियल लगातार तेस्रो वर्ष यो सूचीको शीर्ष स्थानमा रहन सफल भएको छ । ब्रान्ड फाइनान्सका आधारमा गरिएको अध्ययनमा शीर्ष १० भित्र ६ इङ्लिस, २ स्पेनिस, समान १-१ जर्मन र फ्रेन्च क्लब अटाएका छन् ।

च्याम्पियन्स लिगमा सर्वाधिक सफल टिम हुनुले पनि रियलको ब्रान्ड भ्याल्यु बढाउन मद्दत गरेको बताइएको छ । 

१३ पटक उपाधि हात पारेको रियल लामो समयदेखि च्याम्पियन्स लिगमा सहभागी हुँदै आएको छ ।

रिपोर्टको शीर्ष स्थानमा रहेको रियलको ब्रान्ड भ्याल्यु १ बिलियन २७६ मिलियन  युरो छ । दोस्रो स्थानमा रहेको अर्को स्पेनिस क्लब बार्सिलोनाको ब्रान्ड भ्याल्यु १ बिलियन २६६ मिलियन युरो छ ।

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड १ बिलियन १३० मिलियन, म्यानचेस्टर सिटी १ बिलियन ११८ मिलयन, जर्मन क्लब वायर्न म्युनिख १ बिलियन ६८ मिलियन, इङ्लिस क्लब लिभरपुल ९७३ मिलियन, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ८८७ मिलियन, इङ्लिस क्लबहरू चेल्सी ७६९ मिलियन, टोटेनहम ७२३ मिलियन र आर्सनल ६७५ मिलियन युरो ब्रान्ड भ्याल्यु सहित क्रमशः तेस्रोदेखि १० औँ स्थानमा छन् ।





  • प्रकाशित मिति : जेठ ४, २०७८ मंगलबार १६:१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया