सेती प्रादेशिक अस्पतालमा थप ६ को मृत्यु, ३०३ जना थप नयाँ संक्रमित

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका-२ का ५८ वर्षीय पुरुष,  वडा नम्बर १ का ८० वर्षीय पुरुष, वडा नम्बर १७ की ३५ वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

यस्तै जोशिपुर गाउँपालिका वडा नम्बर ५ की २९ वर्षीया महिला, कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का ३२ वर्षीय पुरुष, डोटीको दिपायल शिलगढी नगरपालिका वडा नम्बर ६ का ६१ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

अस्पतालमा पछिल्लो २४ घण्टामा ५०९ जनाको नमुना परीक्षण गर्दा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीका मात्रै १८५ जना, धनगढीबाहेक कैलालीका ८१ जना, अन्य जिल्लाका ३७ जना गरी ३०३ जनाको संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा १२२ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १६ जना आइसियुमा र १०१ जना अक्सिजन सपोर्टमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालबाट ६ जना निको भई घर फर्किएका छन् भने थप ८ जना अस्पताल भर्ना भएका छन् ।





  • प्रकाशित मिति : जेठ ४, २०७८ मंगलबार १७:२१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया