प्रिमियर लिग : युनाइटेड र फुलहमको बराबरी

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा बराबरीमा रोकिएको छ । युनाइटेड फुलहमसँग बराबरीमा रोकिएको हो ।

गएराति भएको खेलमा युनाइटेडले घरेलु मैदानमा फुलहमसँग १–१ गोलको बराबरीमा खेल्यो । सुरुवाती अग्रता जोगाउन नसक्दा युनाइटेडले अंक बाँडेको छ ।

ओल्ड ट्राफोर्डमा १५औँ मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको ७६औँ मिनेटमा जोई ब्रायनले गोल गर्दै फुलहमलाई १–१ गोलको बराबरीमा फर्काए ।

फुलहमसँगको बराबरीसँगै युनाइटेडले ३७ खेलबाट ७१ अंक जोडेको छ । युनाइटेड अंक तालिकाको दोस्रो स्थानमा यथावत रहेको छ ।

फुलहम २८ अंक जोडेर १८औँ स्थानमा रहेको छ । फुलहम यसअघि नै रेलिगेसनमा परिसकेको छ । अर्को खेलमा लिड्सले साउथह्याम्पटनलाई २–० ले हराएको छ । लिड्सको जितमा प्याट्रिक बामफोर्ड र टेलर रोबर्ट्सले एक एक गोल गरे ।





  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार ६:५५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया