इजरायली प्रधानमन्त्री भन्छन्, 'हमास अब वर्षौंसम्म जाग्दैन'

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा आक्रमणपछि अब विद्रोही समूह हमास वर्षौंसम्म गुप्त रहने बताएका छन् । नेतन्याहुले प्यालेस्टाइनको गाजामा कब्जा जमाएको चरमपन्थी संगठन हमास अब वर्षौंसम्म जाग्न नसक्ने बताएका हुन् । 

हमासले तेल अभिभमा आक्रमण गरेपछि इजरायलले लगातार गाजामा बम वर्षा गरिरहेको छ । जसका कारण गाजामा ठूलो भौतिक तथा मानवीय क्षति भइसकेको छ । 

त्यसैलाई आधार बनाएर प्रधानमन्त्री नेतन्याहुले आफ्ना वरपर रहेका दुस्मनहरुले इजरायलसँग निहुँ खोजे कस्तो परिणाम भोग्नुपर्छ भन्ने थाहा पाएका टिप्पणी गरेका बिबिसीको हिन्दी संस्करणले लेखेको छ । 

इजरायली सेनाको एयर स्ट्राइकमार्फत गाजाम हमास समूहलाई ठूलो क्षति पुगेको भन्दै नेतन्याहुले सेनाको यसपटक आक्रमण गर्दा हमास वर्षौंसम्म जाग्न नसक्नेगरी पछाडि फर्किएको दाबी गरेका छन् ।

नेतन्याहुले आफ्नो देशलाई सुरक्षित र शान्त राख्नका लागि आवश्यकताअनुसार हमासविरुद्ध सैन्य कारबाही जारी राख्ने बताएका छन् । हमासले आफूहरुलाई निसाना लगाएकाले जवाफ फर्काएको पनि उनले बताएका छन् । 

हमास समूहले जेरुसलेम क्षेत्रमा रहेको अल अक्सा मस्जिदमा प्रार्थनारत मुस्लिममाथि आक्रमण गरेपछि इजरायली सेना र हमासबीच पछिल्लो हिंसा भड्किएको हो । जुन हिंसा अहिले इजरायल र प्यालेस्टाइनबीच युद्धमा परिणत हुँदै गएको छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार ७:२२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया