लमजुङलाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प

लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु बनाएर फेरि भुकम्पको धक्का महसुस भएको छ । अहिले बिहान ८ बजेर २६ मिनेटमा पुनः धक्का महसुस गरिएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिले ५.३ म्याग्निच्युडको धक्का मापन गरिएको छ । 

यसअघि आज बिहानै लमजुङलाई केन्द्रबिन्दु बनाएर बुधबार बिहानै गएको भूकम्पबाट देशका विभिन्न भागमा धक्का महसुस भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले क्षेत्र केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युडको ​भूकम्प गएको हो ।

यो भूकम्पको धक्का पूर्वी नेपालसम्म महसुस भएको छ । भूकम्पले लमजुङ, गोरखा, तनहुँ, कास्की, धादिङ र काठमाडौं उपत्यकामा पनि महसुस भएको छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार ८:४९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया