कोरोना संक्रमितको ज्यान जोगाउन नाजिरको सहयोग

कलाकार नाजिर हुसेनले राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् । महावीर पुनले सञ्चालन गरेको उक्त केन्द्रले कोरोना संक्रमितका लागि अक्सिजन सहयोग गरिरहेकाले उक्त रकम हस्तान्तरण गरेको बताएका छन् ।

यो महामारीमा आफैंले गएर ब्यक्तिगत रुपमा कसैलाई सहयोग गर्ने अवस्था नरहेकाले आविष्कार केन्द्रमार्फत सहयोग गरेको नाजिरले बताएका छन् । 

‘मैले गरेको यो सानो सहयोगले कसैको जीवन बचाउन मद्दत मिल्नेछ भन्ने अपेक्षा गरेको छु ।’ नाजिर भन्छन्, ‘आफ्नै आँखा अगाडि आफन्तहरुले ज्यान गुमाइरहेका छन् । यो अप्ठ्यारो अवस्थाले सक्नेले सानो सानो सहयोग गर्दा पनि पर्नेलाई ठूलो सहयोग हुन्छ ।’

आफ्नो सहयोगबाट आएको एक सिलिन्डर अक्सिजनले एक जनाको मात्रै ज्यान जोगिए पनि आफूलाई खुसी मिल्ने नाजिरले बताए । 





  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार ११:२३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया