कालीप्रसाद बाँस्कोटाको अनुरोध : विकास अर्को वर्ष गरौँला, पुग्नेगरी भ्याक्सिन ल्याइदेऊ

गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाले सरकारलाई सबै जनतालाई पुग्ने गरेर कोरोना विरुद्धको खोप आयातको व्यवस्था मिलाउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह गरेका हुन् । 

सरकारका विषयमा भइरहेका टिप्पणीहरू प्रति अहिले केही प्रतिक्रिया जनाउन छाडेर सरकारले सबै जनतालाई पुग्ने कोरोना खोप छिट्टै उपलब्ध गराउन तर्फ ध्यान दिनुपर्ने बाँस्कोटाको भनाइ छ । 

सरकार विषयमा भइरहेका विभिन्न नकारात्मक तथा सकारात्मक टिप्पणी स्वभाविक भएको बाँस्कोटाले बताए । उनले सरकार भएपछि केही प्रतिक्रिया आउने र सुन्नुपर्ने बताए । 

बाँस्कोटाले अहिले सरकारका विषयमा आएका टिकाटिप्पणीहरु माथि बुझो लाग्ने गरी सबै जनतालाई कोरोना खोप उपलब्ध गराउन ध्यान दिन आग्रह गरेका छन् । उनले लेखेका छन्, जनता निको भएपछि अर्को वर्ष मिलेर विकास गरौँला नि ।





  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार ११:५७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया