एसेज सिरिज डिसेम्बर ८ बाट अस्ट्रेलियामा हुने

विश्वकै बहुचर्चित टेस्ट सिरिज द एसेज सिरजको मिति तय भएको छ । सिरिजमा टेस्ट क्रिकेटका दुई उत्कृष्ट टोली अस्ट्रेलिया र इङ्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् ।

५ खेलको यो सिरज यसपटक अस्ट्रेलियाले आयोजना गर्दै छ ।

सिरजको पहिलो खेल डिसेम्बर ८ देखि १२ सम्म ब्रिसबोन, दोस्रो टेस्ट डिसेम्बर १६ देखि २० सम्म एडिलेड, तेस्रो टेस्ट डिसेम्बर २६ देखि ३० सम्म मेलवर्न हुनेछ ।

चौथो टेस्ट जनवरी ५ देखि ९ सम्म सिड्नी र पाँचौ तथा अन्तिम टेस्ट जनवरी १४ देखि १८ सम्म पर्थमा खेलाइने छ ।

अस्ट्रेलिया इङ्ग्ल्यान्डमाथि जित हात पार्दै उपाधि रक्षा गर्ने प्रयासमा हुनेछ । इङ्ल्यान्ड पनि उपाधि घर फर्काउने दाउमा हुनेछ ।

यी दुईबीच हालसम्म ७१ एसेज सिरिज भएको छ । जसमा अस्ट्रेलिया ३३ र इङ्ग्ल्यान्डले ३२ सिरिज आफ्नो पक्षमा पर्दा ६ सिरिज बराबरीमा सकिएको छ ।



यी दुईले पहिलोपटक सन् १८८२-८३ मा एसेज सिरिज खेलेका थिए । ३ खेलको यो सिरिज इङ्ग्ल्यान्डले २-१ ले आफ्नो पक्षमा पारेको थियो ।

अस्ट्रेलियाले पहिलोपटक १९९१-९२ को सिरिजमाथि कब्जा जमाएको थियो ।  उसले घरेलु भूमिमै भएको उक्त ३ खेलको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको थियो ।



इङ्ग्ल्यान्डले पछिल्लोपटक सन् २०१५ मा घरेलु भूमिमै भएको ५ खेलेको सिरिज ३-२ ले जितेको थियो ।

अस्ट्रेलियाले पछिल्लोपटक सन् २०१७-१८ मा घरेलु भूमिमै भएको ५ खेलेको सिरिज ४-० ले जितेको थियो । १ खेल बराबरीमा सिकिएको हो ।

सन् २०१९ भएको ५ खेलको सिरिजमा दुवै टोलीले २-२ खेल आफ्नो पक्षमा पार्दा १ खेल बराबरीमा सकिएको थियो ।

इङ्ल्यान्डमा भएको सिरिज बराबरीमा सकिएपछि साविक विजेता अस्ट्रेलियालाई विजेता घोषणा गरियो । यो सिरिज दुवै देशले पालै-पालो आयोजना गर्ने गर्छन् ।

  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार १२:८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया