नेपालमा पछिल्लो २४ घण्टमा थप २४६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा यतिका संक्रमितले ज्यान गुमाएका हुन्।
मंगलबार देशभरी १९६ जनाले ज्यान गुमाएका हुन्। तर बुधबार मृतकको संख्या बढेको हो। कोरोना संक्रमण दर ८ हजार आसपास सीमित भइरहँदा मृत्यु दर भने अझै पनि दुई सय भन्दा माथि देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९८९ जनाले कोरोना जितेर घर फर्किएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।