कोरोना संक्रमणबाट २४ घण्टामा २१ जनाको मृत्यु , १ हजार २९८ नयाँ संक्रमित

प्रदेश १ मा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा आज ९ जना महिला र १२ पुरुषको मृत्यु भएको हो । 

मोरङमा ७, झापामा ६, सुनसरीमा ५, उदयपुरमा १ र अन्यमा २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा छ ।

आजसम्म कोरोना संक्रमणका कारण प्रदेश १ मा मर्नेको संख्या २०५ महिला र ५०० पुरुष गरी ७०५ पुगेको छ ।

यसैगरी  प्रदेश १ म आज १ हजार २९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमितको संख्यामा यो अहिले सम्मकै उच्च हो ।

मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा ७, उदयपुरमा ४, ओखलढुङ्गा र तेह्रथुममा १-१ र प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार २०:१३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया