केपी ओली, महन्थ ठाकुर र राजेन्द्र महताे शीतल निवासमा

प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महताेलाई लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानकाे धारा ७६ काे उपधारा ५ अनुसार सरकार बनाउन संसदका दलहरूलाई आह्वान गरेको केही घण्टामै तीन नेता राष्ट्रपतिकहाँ पुगेका हुन्।

संविधानकाे धारा ७६ उपधारा ३ अनुसार प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत लिन नसक्ने पत्र पठाएपछि राष्ट्रपतिले उपधारा ५ अनुसार सरकार बनाउन आह्वान गरेकी थिइन्।

राष्ट्रपतिको आह्वानपछि ओली एमालेका १२१ र जसपा ठाकुर पक्षका २० सांसदकाे हस्ताक्षरसहित ठाकुर र महताेलाई लिएर बहुमतको सरकार दाबी गर्न शीतल निवास पुगेका हुन्।

उनीहरुले आफुसँग बहुमत भएको भन्दै आज नै दावी पेश गर्ने तयारी रहेको बुझिएको छ ।





  • प्रकाशित मिति : जेठ ६, २०७८ बिहीबार २३:५३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया